Rule 138
बिदा माग गर्ने विधि
: (१) बिदाको निकासाको निमित्त सशस्त्र प्रहरी कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली आफ्नो कार्यालय मार्फत बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ । त्यस्तो निवेदन पेश भए पछि बिदा दिने अधिकारीले बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सम्बन्धित सशस्त्र प्रहरी कर्मचारीलाई दिनु पर्नेछ ।
(२) बिदा दिने अधिकारीले उपनियम (१) बमोजिम बिदा स्वीकृत गर्दा निवेदन पेश गरेको मिति भन्दा पहिलेको मिति देखिको बिदा स्वीकृत गर्ने छैन ।
तर बिदाको लागि पूर्व स्वीकृति लिन सम्भव थिएन वा पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने कुरामा बिदा दिने अधिकारी सन्तुष्ट भएमा निजले निवेदनको मितिभन्दा अगाडि देखि लागू हुने गरी बिदा स्वीकृत गर्न सक्नेछ ।